Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्सा पासविना बनेका सबै संरचना हट्छन् : मेयर बालेन

काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नक्सा पासविना बनेका सबै संरचना हट्ने बताएका छन् ।

बुधबार न्यूरोड क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउन ठूलो संख्यामा प्रहरी र डोजरसहित पुगेका मेयर बालेनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति दोषी रहेको समेत बताए ।

उनले भने, ‘नक्सा पासविना बनेका सबै संरचना हट्छन् ।’ उनले व्यापारीहरु मारमा नपर्ने आश्वासन समेत दिए । मेयर बालेनसँग न्यूरोडमा स्थानीयले सडकमा बेच्न राखेको पानीपुरीसहितका पसल समेत हटाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077