काठमाडौं । काठमाडौं महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ ।
काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो ।
महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । काठमाडौंमा नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ ।
मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो । पछिल्लो समय काठमाडौं महानगरपालिकले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको स्थानमा त्यस्ता संरचना धमाधम भत्काइरहेको छ ।
Leave a Reply