Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • धौलागिरी लघुवित्तको सेयर बाँडफाँड, १८ लाख आवेदकको हात खाली

    धौलागिरी लघुवित्तको सेयर बाँडफाँड, १८ लाख आवेदकको हात खाली

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 795
    SHARES

    फाइल फोटो

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले योग्य आवेदनमध्येबाट ३० हजार ९२९ जनाले सेयर पाएका छन् ।

    कम्पनीको सेयरमा १८ लाख ६४ हजार ६४० जनाको आवेदन परेको थियो । जसमध्ये १ हजार २८६ जनाको आवेदन अयोग्य देखिएको थियो ।



    कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म १०० रुपैयाँ अंकित ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर बिक्री खुलाएको थियो । बिक्री खुलाएको कूल आईपीओमध्ये ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो ।



    यस्तै, १६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता सेयरमा सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था गरिएको थियो । आईपीओ पाएकामध्ये ५ जनाले प्रतिव्यक्ति ११ कित्ताका दरले सेयर पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार