Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते

    विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 1.2K
    SHARES

    विराटनगर । विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । मङ्गलबार साँझ दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएका हुन् ।

    घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। विराटनगर महानगरपालिका-१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।



    पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा राजकुमार गम्भीर घाइते भएका हुन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ । कुटाकुट हुँदा अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका हुन् ।



    उनीहरू राजवंशीको समूहका हुन् । कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार