Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कार्यदल बैठक : सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमति

    कार्यदल बैठक : सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमति

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरु प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत भएका छन ।

    कार्यदल र शिर्ष नेताहरुबीच मंगलबार बसेको बैठकले पनि सहमति जुटाउन नसकेपछि नेताहरु वान टू वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन ।



    सहमतिको नजिक पुगिएको र त्यसलाई सहज ढंगले टुंगो लगाउन शीर्ष नेताहरूबीच वान टू वान वार्ता गर्ने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



    कार्यदलका संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौला अस्वस्थ भएका कारण बैठकमा उपस्थिति थिएनन् । गठबन्धन दलहरुबीच २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र २०७९ सालको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार बनाएर सिट बाँडफाँड गरेर जाने विषयमा छलफल केन्द्रित रहेको नेताहरुले बताउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार