Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो, बिहीबारसम्म सिट बाँडफाँटको टुंगो लाग्ने

    सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो, बिहीबारसम्म सिट बाँडफाँटको टुंगो लाग्ने

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 894
    SHARES

    काठमाडौं । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि बिनानिष्कर्ष टुंगिएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुनः बस्नेगरी टुंगिएको हो । तर बैठक कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् ।



    कार्यदलले २ दिनभित्र सिट बाँडफाँटको मापदण्ड तयार गर्ने बताइएको छ ।



    आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँटबारे दुई सातादेखि छलफलमा छन् । तर, अहिलेसम्म टुंगो लागेको छैन ।

    बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला नै अस्वस्थताका कारण उपस्थित हुनु भएन । अर्को बैठक भोली साँझ ५ बजे पुनः बस्ने नेताहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार