Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • वाईसीएलका पदाधिकारी र केन्द्रीय सदस्यले लिए सपथ

    वाईसीएलका पदाधिकारी र केन्द्रीय सदस्यले लिए सपथ

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 837
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले ६१ सदस्यीय पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।

    शुक्रबार सुरु भई आइतबार अबेर सकिएको दोस्रो राष्ट्रिय भेलाबाट चयन भएका पदाधिकारी र केन्द्रीय सदस्यहरुले मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।



    वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले उनीहरुलाई सपथ गराएका हुन् । वाईसीएलको विधानमा ३५ पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था भए पनि आकांक्षी धेरै भएपछि विधान नै संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपिएको हो ।



    अब वाईसीएलमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ६ जना उपमहासचिव, ४५ सचिव र कोषाध्यक्ष हुनेछन् ।

    वाईसीएलका  पदाधिकारीहरु

    अध्यक्ष : सुबोधराज शेर्पाइली
    बरिष्ट उपाध्यक्ष : ज्ञानेन्द्रबहादुर गुरुङ
    उपाध्यक्षहरु : गोगन मल्ल, मञ्जु बम, मिङ्‍माडन्डु शेर्पा, केहरसिँह कुँवर, ज्ञानेन्द्रबहादुर ढुंगाना, उमेश घोरासैनी ।
    महासचिव : गणेश शाही
    उपमहासचिव : पुष्प ओली, मीनबहादुर घर्ती, एबिराज राई, दिलबहादुर थापा, रतनबहादुर शाही, रेशम महरा ।
    सचिव : हरि ढकाल, नवीन खड्कासहित ४५ जना
    कोषाध्यक्ष : सन्तोष पनेरु

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार