काठमाडौं । हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाएको छ । नयाँ पोस्टर सार्वजनिक गर्दै टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको छ ।
उनको पछाडि हरिवंश छन् । फिल्ममा उनी हरिवंशका कान्छा छोराको रुपमा देखिएका छन् । उनी अडिसनबाट छानिएका हुन् ।
अरुणले अभिनय गरेको पहिलो फिल्म ‘आईएम ट्वान्टी वान’ हो । फिल्ममा कलाकारद्दय मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मुख्य भूमिकामा रहेका छन् ।
फिल्मले समाजले मानिसलाई कसरी महापुरुष बनाउँछ भन्ने कथा उठाउन खोजेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेका छन् ।
चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहेको छ। षट्कोण आर्ट्सको प्रस्तुतिमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानिया हुन् ।फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् ।
फिल्म कात्तिक ११ गतेबाट देशैभर प्रदर्शनमा आउनेछ। फिल्ममा मह अरुण क्षेत्रीको अलावा गौरी मल्ल, अञ्जना बराइली, बानियाँ, राजाराम पौडेल लगायतको अभिनय रहेको छ ।
Leave a Reply