Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिट बाँडफाँटबारे गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी

    सिट बाँडफाँटबारे गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 831
    SHARES

    फाइल तस्विर

    काठमाडौं । निर्वाचनमा सिट बाँडफाँटबारे सत्ता गठबन्धनका शीर्ष नेताको छलफल जारी छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच बैठक चलिरहेको हो ।



    बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, कार्यदल संयोजक कृष्णप्रसाद सिटौला र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् ।



    माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी छन् ।

    आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटका लागि सकस देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार