काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलमा ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने निर्णय खारेज गर्ने लगायतका विभिन्न १६ वटा निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भाद्र ६ गतेको मन्त्रिपरिषद बैठकले गरेका १६ वटा निर्णयहरु मंगलबार सार्वजनिक गरेका हुन्।
बैठकले पूर्व मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने, आव २०७९/८० का लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत २०४ जना राजपत्रांकित पदहरूको अस्थायी दरवन्दी स्वीकृत गर्ने लगायतका विभिन्न निर्णय गरेको छ ।
यी हुन मन्त्रिपरिषद् बैठकले गरेका १६ निर्णय
