Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेनविरूद्व फुटपाथ व्यापारीले गरे महानगरमा प्रदर्शन

काठमाडौं । फुटपाथ व्यापारीहरूले व्यापार गर्न पाउनुपर्ने भन्दै महानगर कार्यालय अघि प्रदर्शन गरेका छन्।

फुटपाथ व्यापारीहरूले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने मागसहित आज काठमाडौं महानगरपालिकाको कार्यालय अघि मेयर बालेन्द्र साह (बालेन)विरुद्ध नाराबाजी गरेका हुन्।

स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितीको नाममा उनीहरूले र्‍याली पनि गरेका छन्। कालिमाटीमा भेला भइ नारा र्‍यालीसहित आएका उनीहरू महानगरपालिकाको कार्यालय परिसरमा पुगेका थिए।

महानगर प्रहरीले लगेको आफ्नो सामान बिना सर्त फिर्ता गर्न पर्ने, आफूहरूले निर्धक्क सडक व्यापार गर्न पाउनु पर्नेु जस्ता माग राखेका छन्। उनीहरूले आफ्नो मागसहितको ज्ञापन पत्र महानगरलाई बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077