Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियता यथावत

    नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियता यथावत

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियता यथावत रहेको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल १९ औं स्थानमा यथावत रहेको हो ।



    नेपालले ३३१ अंक तथा १५ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय वरियताको शीर्ष स्थानमा न्यूजिल्याण्ड यथावत छ । उसले २ हजार ३५५ अंक र १२४ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ ।



    इंग्ल्याण्ड, भारत, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका, वेस्ट इण्डिज र अफगानिस्तान वरियताको दोस्रोदेखि १० औं स्थानमा छन् । २० राष्ट्र सहभागी वरीयतामा नेपाल १९ औं स्थानमा रहेको हो । अन्तिम स्थानमा पपुवा न्यूगिनी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार