काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी रहेको छ।
ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी एवं रणनीतिबारे छलफल मुख्य एजेण्डा छन् ।
बैठकमा पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठकमा लैजाने एजेण्डा, निर्वाचनको तयारी, पार्टी घोषणा पत्रमा समेट्ने विषयवस्तुमा केन्द्रित रहेर छलफल चलिरहेको छ।
एमालेले भदौ ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। आगामी निर्वाचनका लागि केन्द्रीय सदस्यहरुलाई विशेष जिम्मेवारी दिइने तयारी एमालेले गरेको छ।