Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बन्दकर्ताद्धारा थापागाउँमा नेपाल यातायातको बस तोडफोड

काठमाडौं । काठमाडौंको थापा गाउँमा नेपाल यातायात तोडफोड गरिएको छ ।

अनामनगरबाट बानेश्वर जाँदै गरेको बा ४ ख ९०८९ नम्बरको बस बन्दकर्ताले तोडफोड गरेका हुन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगा प्रहार गर्दा बसको पछाडिको भागमा क्षति पुगेको छ ।

आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आयोजना गरेको हो ।

बन्दकर्ताले कोटेश्वरमा एउटा माइक्रो र एउटा बस पनि तोडफोड गरेका छन् । सार्वजनिक सवारी तोडफोड गर्नेहरूबारे अनुसन्धान भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077