Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • सर्लाहीमा ‘मिटरब्याजी’आरोपितविरुद्ध ४२७ जनाले दिए उजुरी

    सर्लाहीमा ‘मिटरब्याजी’आरोपितविरुद्ध ४२७ जनाले दिए उजुरी

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले ‘मिटरब्याजी’ आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि पीडितहरु धमाधम खुल्न थालेका छन् ।

    सरकारले गरेको आह्वानपछि सर्लाही ४ सय २७ जानले उजुरी गरेको जिल्ला प्रशासन कार्यालाय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद अधिकारी बताए । सरकारले भदौ ५ गतेसम्म उजुरी दिन समय दिएको भएपनि कतिपयको अहिले पनि उजुरी दिइरहेको उहाँले बताउनुभयो । भदौ ५ गतेपछि आएको उजुरीको छुटै लगत राखेर दर्ता गरिरहेको सर्लाही प्रसाशनले जनाएको छ ।



    सर्लाहीमा धेरै उजुरी गत बिहीबार परेको र पीडितहरुले सदरमुकाम मलङ्गवामा प्रदर्शन गरेका थिए । पीडितहरुले गरेको प्रदर्शनमा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी ९कमल० ले समेत सहभागी भइ समर्थन जनाएका थिए सर्लाहीमा मुख्यत ‘मिटरब्याजी’ आरोपितमा श्याम परदेशी भन्ने श्यामकृष्ण साह, रामबाबु राय, सन्जय साह रौनियारको नाम पहिलेदेखि चर्चामा रहेको भएपनि पछिल्लो समय इन्दल राय, रामस्वरुप राय, रामचन्द्र रायलगायतको नाम पनि आउन थालेको छ ।



    आरोपितमध्ये ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगर निवासी सन्जय साह रौनियार अहिले सर्लाही प्रहरीको हिरासतमा रहेका छन् । प्रहरीले उनीविरुद्ध चर्को ब्याज अर्थात मिटरब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार