Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • बलात्कार अभियोगमा पक्राउ परेका कराँतेका दुई प्रशिक्षक पुर्पक्षका लागि थुनामा

    बलात्कार अभियोगमा पक्राउ परेका कराँतेका दुई प्रशिक्षक पुर्पक्षका लागि थुनामा

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 1.2K
    SHARES

    मोरङ । बलात्कार अभियोगमा पक्राउ परेका विराटनगरका दुई जना कराँते प्रशिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् । मोरङ जिल्ला अदालतले सोमबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

    एक जना १९ वर्षीया छात्रालाई बेहोस पारेर पटक-पटक बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षकद्वय विनोद राउत र सुरज सुवेदी साउन ८ मा पक्राउ परेका थिए।



    मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको एकल इजलासले उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो।



    अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागार चलान भएका छन् । बिहीबार सरकारी वकिल कार्यालय मोरङले उनीहरूविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको भएको थियो ।

    १९ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए । इटहरीकी ती किशोरीले राउत र सुवेदीले आफूलाई पटक–पटक सामूहिक बलात्कार गरेको उजुरी गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार