Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई पुनः सोधियो ७ दिने स्पष्टीकरण

    वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई पुनः सोधियो ७ दिने स्पष्टीकरण

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधिएको छ ।

    सोमबार निगम मुख्यालयमा बसेको नेपाल वायु सेवा निगमको सञ्चालक समितिको बैठकले निलम्बित कार्यकारी अध्यक्ष अधिकारीसँग एक दर्जन बढी विषयमा एक साताभित्र स्पष्टीकरण बुझाउन भनेको हो ।



    कमिसनको प्रलोभनमा ८ महिनादेखि निगमको न्यारोबडीको इन्जिन मर्मत नगरी भाडामा ल्याइएको, उक्त इन्जिन ८ महिनादेखि स्थानीय एजेन्ट खडा गरेर दैनिक ३ लाख रुपैयाँ (२ हजार ३ सय डलर) मा भाडामा चलाउनुको कारण र सर्वसाधरणलाई टिकट बिक्री गरेर जहाज चार्टर उडानमा लगाइएको आरोप लगाउँदै उनलाई स्पष्टीकरण सोधिएको छ ।



    यस्तै स्पष्टीकरणमा करार र ज्यालादारीमा प्रक्रिया उल्लंघन गरेर भर्ना गरिएको, विदेशमा कर्मचारी पदस्थापनमा पक्षपात तथा प्रक्रिया उल्लंघन गरिएको, ५ वटा चिनियाँ जहाजको व्यवस्थापन गर्न नसकेको, हवाई टिकटलाई अनलाइनबाट बिक्री गर्न नसकेकोलगायतका आरोप लगाइएको छ ।

    मन्त्रिपरिषद्‍को निर्णयबाट बर्खास्तीमा परे पनि सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि हाजिर हुँदै आइरहेका अधिकारीसँग चौथो पटक स्पष्टीकरण सोधिएको हो ।

    मन्त्रिपरिषद्ले बर्खास्त गरे पनि सर्वोच्च अदालतको साउन १९ गतेको अल्पकालीन अन्तरिम आदेश देखाउँदै अधिकारी निगम फर्किएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार