Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चलाई बालेनको व्यंग्य - मुद्दाको पेशी कार्यकाल सकिएपछि पो आउँछ कि ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सर्वोच्च अदालत माथि व्यंग्य गरेका छन्।

उनले,'अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकालपछि आउँछ कि’ भन्दै आफूलाई सो पेसी कुर्दा कुर्दै बुढो भएको देखाउँदै आफ्नो आधिकारीक फेसबुक पेजमार्फत् सर्वोच्च अदालतलाई व्यंग्य गरेका हुन्।

यसअघि सर्वोच्चले नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

महानगरपालिकाले गत साउन २३ गते २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएको थियो भने २४ गते मेयर शाह आफैं नर्भिक अस्पताल पुगेका थिए।

तर साउन २५ गते सर्वोच्चले अल्पकालीन आदेश जारी गर्दै तत्काल नर्भिक अस्पतालको संरचना नहटाउन भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077