काठमाडौं । सरकारले अजय सुमार्गीको कम्पनी ‘हेलो नेपाल’को टेलिकम लाइसेन्स खारेज गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध मन्त्रिपरिषद पुगेको कम्पनीको लाइसेन्स सरकारले नै खारेज गरेको हो ।
कम्पनीले ५ वर्षयता दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने नवीकरण दस्तुर, रोयल्टी र फ्रिक्वेन्सीको रकम तिरेको छैन । जुन, रकम बढेर हाल १ अर्ब रुपैयाँभन्दा पनि धेरै पुगिसकेको प्राधिकरणको भनाइ छ ।
सुमार्गीले नेपाल स्याटलाइट कम्पनीमार्फत हेलो नेपालको लाइसेन्स लिएका थिए । जुन, मन्त्रीपरिषद्को बैठकले नै खारेज गरेको हो ।
Leave a Reply