बागलुङ । तमानखोलामा भेटिएको ग्रिनेड नेपाली सेनाले निस्क्रिय पारेको छ ।
तमानखोला गाउँपालिका-३ को सेर्माखाला बस्ने स्थानीय टेकमाया बुढाको घरमा भेटिएको ग्रिनेड घोडाबाँधेस्थित श्रीमेहर गणबाट खटिएको टोलीले निस्क्रिय बनाएको हो ।
टेकमायाका ज्वाइ मानबहादुर रोकायले ५ महिनाअघि राख्न दिएको झोला खोली हेर्दा डल्लो वस्तु भेटिएको थियो ।
टेकमायाले उक्त वस्तु शनिबार छिमेकीलाई देखाएकी थिइन् । स्थानीयले उक्त वस्तुले खतरा हुनसक्ने भन्दै सेनालाई खबर गरेका थिए ।
टोलीले सफलतापूर्वक ग्रिनेड निस्क्रिय पारेको र केही क्षति नभएको जनाइएको छ ।