काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयमा सुधारको प्रयास भइरहेको बताएका छन् ।
विशेष अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै सोमबार उनले अदालतमा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता भएको बाहिर सुनिँदै आएपनि विकृति र विसगंतिलाई हटाउँदै सुधारका प्रयास भइरहेको बताएका हुन् ।
सर्वोच्च अदालतमा पुराना मुद्दाको फछ्र्योट गर्ने उद्देश्यले अहिले शुक्रबार पनि पूरा सयम काम गर्नसमेत प्रारम्भ गरिएको छ ।
न्यायालयमा भएका विकृति विसगंतिलाई न्यूनीकरण गर्न सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन भइरहेको उनले बताए ।
Leave a Reply