विराटनगर । मोरङमा मिटरब्याजीविरुद्ध ३७ वटा उजुरी परेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबारसम्ममा ३७ जनाले उजुरी दिएका हुन् ।
मिटरब्याजको जालो तोड्ने उद्देश्यका साथ सरकारले पीडितलाई उजुरी दिन आह्वान गरेको थियो ।
सरकारले उजुरी दिने अन्तिम म्याद आइतबारसम्म मात्रै तोकेको थियो । मिटरब्याजीविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदलले नै गठन गरेको छ ।
Leave a Reply