Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने कर्मचारीको घोषणा, यस्तो छ कारण

    देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने कर्मचारीको घोषणा, यस्तो छ कारण

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषदले यही भदौँ १२ गतेदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेको छ।

    सरकारले माग सम्बोधन नगरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द गर्ने कर्मचारी परिषदले घोषणा गरेको हो।



    कर्मचारी परिषदले अन्य आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरेको छ। यही ९ गते विरोध र्‍याली प्रदर्शन खुल्ला मञ्चदेखि माइतीघर मण्डलासम्म गरिने,१० र ११ गतेसम्म डिजिटल आन्दोलन र १९ गतेको दिन काठमाडौंमा बृहत प्रदर्शन गर्ने कर्मचारी परिषदले प्रेस विज्ञप्ति जारी गरि जनाएको छ।



    विद्यालय कर्मचारी सहायक(लेखापाल)हरुका लागि ३४ हजार ७३० तलब कायम हुनुपर्ने,विद्यालय सहयोगीहरूका लागि २४ हजार २१० तलब कायम हुनुपर्ने,संघीय शिक्षा ऐन शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गरिनु पर्नेलगायत उनीहरुको माग छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार