Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • वेस्ट इन्डिजसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डलाई

    वेस्ट इन्डिजसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डलाई

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 957
    SHARES

    एजेन्सी । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज न्युजिल्यान्डले जितेको छ । बारबाडोसमा सोमबार बिहान भएको सिरिजको अन्तिम खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो ।

    वेस्ट इन्डिजले दिएको ३०२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४७ ओभर १ बलमा ५ विकेट लक्ष्य पूरा गर्‍यो । न्युजिल्यान्डका लागि चार खेलाडीले अर्धशतक पूरा गरे ।



    न्युजिल्यान्डका कप्तान टोम लेथमले ६९ रनको अर्धशतकीय पारी खेल्दा ड्रयाल मिचेल ६३, मार्टिन गप्टिल ५७ र डेभोन कन्वेले ५६ रनको अर्धशतकीय पारी खेलेका हुन् । वेस्ट इन्डिजका लागि जेसन होल्डर र यानिक कारिकले समान दुई–दुई विकेट लिए । त्यस्तै अल्जारी जोसेपको हातमा एक विकेट रह्यो ।



    यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै ३०१ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कायल मेयर्सले १०५ रनको शतकिय पारी खेले । ११० बल खेलेका उनले १२ चौका र ३ छक्का प्रहार गरे ।

    त्यस्तै निकोलस पुरन र शाही होपले अर्धशतकीय पारी खेले । पुरनले ९१ बनाउँदा होपले ५१ रनको योगदान गरे । बलिङतर्फ न्युजिल्यान्डका लागि पाहुना टोलीका लागि ट्रेन्ट बोल्डले ३ तीकेट लिए । त्यस्तै मिचेल स्टानरले २ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार