Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अण्डरग्राउण्ड पार्किङको व्यापार हटाउन ‘एक्सन’ लिँदै महानगर

काठमाडौं । मापदण्ड विपरितका अण्डरग्राउण्ड पार्किङ हटाउन काठमाडौं महानगरपालिका ‘एक्सन’मा उत्रिएको छ ।

महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद आइतबार सकिएसँगै आज सोमबार देखि महानगर एक्सनमा उत्रने तयारी गरेको हो ।

साउन १ गते महानगरले ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण गर्दा पास भएको नक्सा अनुसार अण्डरग्राउण्डलाई प्रयोग गर्न निर्देशन दिएको थियो ।

काठमाडौं महानगरपालिकाले आज बानेश्वर क्षेत्रको अन्डरग्राउण्ड अनुगमन गर्ने काठमाडौं महानगरपालिकाका नगर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077