Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • निजामती सेवा ऐनविरुद्ध तीनै तहका एक लाख बढी कर्मचारी आन्दोलित

    निजामती सेवा ऐनविरुद्ध तीनै तहका एक लाख बढी कर्मचारी आन्दोलित

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 936
    SHARES

    काठमाडौं । देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका १ लाख बढी निजामती कर्मचारी आजदेखि एकै पटक आन्दोलन गर्ने भएका छन् ।

    सरकारले कार्यालय सहयोगी, खरिदार, नायव सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाइ संकुचन गर्दै संघीय निजामती सेवा ऐन जारी गर्न लागेको भन्दै त्यस विरूद्ध देशभरका कर्मचारी एकैपटक आन्दोलनमा उत्रन लागेका हुन् ।



    उनीहरूले कर्मचारीमैत्री र सेवामैत्री हुनेगरी तीन वटै तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने, तीनै तहमा कार्यरत कर्मचारीलाई निजामतीको परिभाषामा समावेश गर्नुपर्ने तथा वृद्धि विकासको स्पष्ट र वैज्ञानिक व्यवस्था गर्नुपर्ने लगायत १० बुँदे मागपत्रसहित आन्दोलन गर्ने भएका छन् ।



    यसअघि उनीहरूले मुलुकको प्रमुख प्रशासकीय निकाय सिंहदरबारमा मागपत्र वितरण गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार