एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा साविक विजेता म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेड बराबरीमा रोकिएका छन् ।
सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न ६ गोलको थ्रिलरमा सिटीले एकपटक अग्रता बनाएको थियो भने घरेलु टोलीले दुई गोलले समेत अघि रहेको थियो । यद्यपि खेल भने ३-३ गोलको बराबरीमा रोकिएको हो ।
खेलको पहिलो मिनेटमै बर्नान्डो सिल्भाको पासमा ‘अनमार्क’ रहेका इल्के गुण्डोगनले गोल गर्दा सिटीले अग्रता बनाएको थियो । जितसँगै ३ खेलबाट ७ अंक जोडेको सिटी अंकतालिकाको दोस्रो स्थानमा छ।
सिटीसँग समान ७ अंक जोडेका लिड्स् युनाइटेड, टोटेनहम हट्सपर र ब्राइटोन क्रमश तेस्रो देखि पाँचौ स्थानमा छन् भने ५ अंक जोडेको न्युक्यासल छैटौं स्थानमा छ। शीर्षस्थानमा लगातार तीन खेलमा जित निकालेको आर्सनल छ।
Leave a Reply