Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनका एसपी अधिकारी कार्यसम्पादन सम्झौतामा उत्कृष्ट

काठमाडौं । बार्षिक कार्यसम्पादन सम्झौतामा उत्कृष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

आतइतबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्धारा आयोजित कार्यक्रममा चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) किरण बज्राचार्यले एसपी अधिकारीलाई प्रशंसा पत्र प्रदान गरेका हुन् ।

गत आर्थिक बर्ष २०७८/०७९ को कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गरी उत्कृष्ट कार्य सम्पादन गरेकोले 'मासिक मुल्यांकन मापदण्ड-२०७८' अनुसार बार्षिक मुल्यांकनमा जिल्ला प्रहरी कार्यालय चितवन सर्वोत्कृष्ट भएको थियो ।

यस्तै बागमती प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुसंग प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रमसमेत सम्पन्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077