अर्घाखाँची । अर्घाखाँचीमा बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले भूमिकास्थान नगरपालिका-३ का गंगा बहादुर बिकलाई पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत अर्घाखाँचीले २०७९ असार २८ गते एक वर्ष कैद सजाय तोकेको थियो । तर बिक कैद भुक्तान नगरी फरार थिए ।
बिकलाई आज आइतबार विशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उनलाई आजै जिल्ला अदालतमा पेस गरिएको बताइएको छ ।
Leave a Reply