Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला मङ्गलवार आउने

काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आउँदो मङ्गलवार सुनाउने भएको छ ।

आज आइतवार सुनाउने भनिए पनि यही भदौ ७ गते मङ्गलवारका दिन निर्णय सुनाउने मिति तय भएको हो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले यो फैसला सुनाउने भएको हो ।

यसअघि यही भदौ १ गते आजका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो । कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गएको साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आज मिति तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077