Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कारको ठक्करबाट मोरङमा एक जनाको मृत्यु

मोरङ । वडाध्यक्षले चलाएको कारको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ ।

मोरङको बेलबारी ११ का वडाध्यक्ष विक्रम राईले चलाएको कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिवार साँझ वडाध्यक्षले चलाएको कारको ठक्कर दिँदा अन्दाजी ४० वर्षका एक पुरुष घाइते भएका थिए ।

उनको उपचारका क्रममा आइतवार दमक अस्पतालमा मृत्यु भएको र मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पैदल हिँडिरहेका उनलाई शनिवार बेलुकी सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो । कारसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077