Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कारको ठक्करबाट मोरङमा एक जनाको मृत्यु

    कारको ठक्करबाट मोरङमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 885
    SHARES

    फाइल तस्विर

    मोरङ । वडाध्यक्षले चलाएको कारको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ ।

    मोरङको बेलबारी ११ का वडाध्यक्ष विक्रम राईले चलाएको कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।



    झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिवार साँझ वडाध्यक्षले चलाएको कारको ठक्कर दिँदा अन्दाजी ४० वर्षका एक पुरुष घाइते भएका थिए ।



    उनको उपचारका क्रममा आइतवार दमक अस्पतालमा मृत्यु भएको र मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    पैदल हिँडिरहेका उनलाई शनिवार बेलुकी सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो । कारसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार