Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुन तस्करीमा मुछिएपछि गृहमन्त्रीका पीएसओ कार्की हेडक्वार्टर तानिए

    सुन तस्करीमा मुछिएपछि गृहमन्त्रीका पीएसओ कार्की हेडक्वार्टर तानिए

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सुन तस्करीमा जोडिएपछि गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ टंक कार्कीलाई प्रहरी प्रधान कार्यालय तानेर छानबिन अगाडि बढाइएको छ ।

    प्रहरी प्रधान कार्यालयमा रहेको उजुरी छानबिन शाखाले डिएसपीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।



    तस्करीको सुन हिनामिना गरेपछि कार्कीले एक व्यक्तिलाई थुनाएर चेक काट्न लगाएको आरोप लागेको छ ।



    भरियाले बोकेर ल्याएको सुन ’रिसिभ’ नगरेपछि चितवनका एक व्यक्तीले त्यहाँपछि दिनुपर्ने व्यक्तिलाई नदिएपछि तस्करले कार्कीमार्फत ती व्यक्तिलाई पक्राउ गर्न लगाएर पाँच जनाको नाममा चेक काट्न लगाएको आरोप छ ।

    गौशाला प्रहरी वृत्तको हिरासतमा राखिएका ती व्यक्तिलाई अभद्र व्यवहारमा थुनिएको बताइएको छ । चेक काटेपछि ती व्यक्ति छुटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार