जनकपुरधाम । सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने प्रहरी नायव निरीक्षक (असई) कारबाहीमा परेका छन्।
कृष्ण जन्माष्टमीको अवसरमा गढीमाई नगरपालिका ६ धरमपुरमा बर्दीमै नाचेका प्रहरी नायब निरीक्षक राजेकिशोर साह कारबाहीमा परेका हुन् ।
प्रहरी आचरणविरुद्ध कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई आइतबार चौकीको इन्चार्जबाट हटाएर अनुसन्धान थालेको रौतहट प्रहरीले जनाएको छ ।
साहले संगठनको आचरण र मर्यादाविपरीत कार्य गरेकाले इन्चार्जको जिम्मेवारीबाट हटाएर कारबाहीका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरिएको कार्यक्रममा शनिबार दुई जना नाचिरहेको अवस्थामा साह मञ्चमै पुगेर नाचेका थिए । उनले मञ्चमा नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
Leave a Reply