Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पुटिनको ‘ब्रेन’ भनेर चिनिने अलेक्जेन्डर डुगिनकी छोरीको हत्या

    पुटिनको ‘ब्रेन’ भनेर चिनिने अलेक्जेन्डर डुगिनकी छोरीको हत्या

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘ब्रेन’ भनेर चिनिने अलेक्जेन्डर डुगिनकी छोरी दर्या डुगिनको राजधानी मस्को नजिकै हत्या भएको छ । दर्या डुगिन एक चर्चित पत्रकार र रूसी टिप्पणीकार हुन। उनले युक्रेनमा रुसको आक्रमणलाई समर्थन गरेकी थिइन ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार जब दर्या डुगिन आफ्नो कारमा घर जाँदै थिइन, उनको कारमा विस्फोट भएको थियो । रुसी विचारक अलेक्जेन्डर डुगिन विष्फोटको वास्तविक निशाना थिए वा थिएनन् भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।



    डुगिनलाई रूसको प्रमुख कट्टरपन्थी राष्ट्रवादी विचारक मानिन्छ। उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकको मानिस हुन । धेरैले उनलाई ‘पुटिनको रास्पुटिन’ भन्ने गर्छन् ।



    युक्रेनमा भएको आक्रमणसँग उनको नजिकको सम्बन्ध रहेको विश्वास गरिन्छ। तर, उनी सरकारको कुनै पदमा छैनन् । रसियाको मिडिया संगठन ११२ का अनुसार शनिबार साँझ विस्फोट भएको कारबाट बाबु र छोरी दुवै फर्कने क्रममा थिए । यद्यपि, अन्तिम मिनेटमा, डुगिनले अलग गाडीमा जाने निर्णय गरे ।

    सामाजिक सञ्जाल एप टेलिग्राममा एउटा फुटेज पोष्ट गरिएको छ, अलेक्ज्याण्डर डुगिन आकस्मिक सेवाहरू दुर्घटनास्थलमा आइपुग्दा स्तब्ध भएको देखिन्छ।तर यो भिडियो बारे स्वतन्त्र रुपमा पुष्टि भने हुनसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार