Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद प्रदीप गिरिको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक‍ प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण स्थगित भएको हो ।

आज गिरिको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको स्रोतले बतायो । तर सोमबारको बैठक पनि शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछ ।

गएराति साढे ९ बजे कांग्रेस नेता गिरिको निधन भएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ । त्यसपछि अन्त्येष्टि गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077