Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा र प्रदेशसभाको पदावधि सकिनुपर्ने मागको आज सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ हुने भएको छ ।

अधिवक्ता मनिराम उपाध्याय लगायतले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभाको कार्यकाल सकिनुपर्ने भनी पेश गरेको निवेदन सर्वोच्च अदालतले दर्ता गर्नु भनी गत बिहीबार आदेश गरेको हो ।

रिट निवेदनमा निर्वाचनको घोषणापछि प्रतिनिधिसभाको कार्यकाल सकिने भएकाले त्यसयता गरेका सबै निर्णय र कामकारवाहीहरू बदर हुनुपर्ने मागसमेत छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा, सातवटै प्रदेश सभालाई विपक्षी बनाइएको छ ।

उपाध्यायले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए। उनले पेश गरेको निवेदनलाई कामु मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरिदिएका थिए ।

दरपीठको आदेशविरुद्ध अधिवक्ता उपाध्यायलगायतका निवेदकहरुले सर्वोच्च अदालतमै निवेदन दिएका थिए । न्यायाधीश सुष्मलता माथेमाको इजलासले दरपीठ आदेश बदर गर्दै निवेदन दर्ता गर्नू भनी आदेश दिएपछि बिहिबार रिट दर्ता भएको थियो । रिटको आज पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077