Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • मानहानि मुद्दामा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सफाइ

    मानहानि मुद्दामा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सफाइ

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मानहानि मुद्दामा सफाइ पाएका छन् ।

    उनीसँगै राउज एभिन्यू अदालतले शनिबार उपमुख्यमन्त्री मनीष सिसोदिया र योगेन्द्र यादवलाई पनि सफाइ दिएको हो ।



    उनीहरूविरुद्ध अधिवक्ता सुरेन्द्र शर्माले मुद्दा दायर गरेका थिए । जसको सन् २०१३ को विधानसभा चुनावमा अन्तिम समयमा उम्मेदवारी रद्द भएको थियो ।



    अतिरिक्त मुख्य महानगरीय मजिस्ट्रेट (एसीएमएम) विधि गुप्ताले शनिबार आदेश जारी गर्दै उजुरीकर्ताले दाबी गरे अनुसार मानहानिको मुद्दा स्थापित हुने आधार नदेखिएको बताएका हुन् । अदालतले शनिबार आदेश जारी गर्दा केजरीवाल, सिसोदिया र यादव अदालतमा उपस्थित थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार