Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • भारतले गण्डक नहरमा सम्भौताअनुसार पानी नछोड्दा कृषक मारमा

    भारतले गण्डक नहरमा सम्भौताअनुसार पानी नछोड्दा कृषक मारमा

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 945
    SHARES

    वीरगन्ज । छिमेकी देश भारतले गण्डक नहरमा सम्झौताअनुसार पर्याप्त पानी नछोड्दा नहरको पानी वितरणमा समस्या भएको छ ।

    भारतले हाल नहरका ४ समयदेखि ४ सय ५० क्युसेकसम्म मात्र पानी पठाइरहेको छ । जसका कारण सिँचाइ हुन नसक्दा धानखेत पटपटी फुट्न थालेको र धानबाली सुकेको किसानले दुखेसो पोखेका छन् ।



    मागअनुरुप सिँचाइका लागि पानी वितरण गर्न नसकिएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुबोध कुशवाहाले बताए ।



    गण्डक सम्झौताअनुसार भारतले बर्सेनि धानबालीका लागि असार १५ र गहुँबालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी पठाउनुपर्छ । नवलपरासीको भैंसालोटनस्थित नेपाल भारत सीमामा निर्मित ब्यारेजबाट भारतले नहरमा पानी छोड्ने गर्छ ।

    भारतमै ९२ किलोमिटर यात्रा गरेर नहरको पानी पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलबाट नेपाल प्रवेश गर्छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार