Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको हिमाचल प्रदेशमा बाढी-पहिरोले २२ जनाको मृत्यु, ६ बेपत्ता

एजेन्सी । भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी मण्डी जिल्लामा १३ जनाको मृत्यु भएको छ ।

राज्यमा मनाली–चण्डिगढ राष्ट्रिय राजमार्गसहित ७४३ सडक बन्द भएका छन्। शिमला–चण्डीगढ राजमार्ग शोगी नजिक बन्द भएको छ।

बाढीका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको राज्य विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ।

नौ जना घाइते भएका छन् भने ६ जना बेपत्ता छन् । मण्डीका उपायुक्तले जिल्लामा १३ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077