Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • प्रधानमन्त्री देउवाद्वारा नेता गिरीको निधनप्रति दुःख व्यक्त

    प्रधानमन्त्री देउवाद्वारा नेता गिरीको निधनप्रति दुःख व्यक्त

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 912
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

    प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भनेका छन्,’नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।’



    उनले नेता गिरिको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताएका छन्। प्रधानमन्त्री देउवाले दिवंगत नेता गिरिको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।



    ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको गएराति साढे ९ बजे निधन भएको कांग्रेस प्रमुख सचेतक मीनबहादुर विश्वकर्माले पुष्टि गरेका थिए ।

    स्व.गिरिको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज आइतबार बिहान ९ः०० बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा, बिहान ११ः३० देखि २ः०० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा राखिने र त्यसपछि अन्तेष्ठिका लागि पशुपति आर्यघाटमा लगिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार