काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित युवासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।
उनले राजनीतिलाई सिंहदरबारबाटै रूपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटकपटक दिन नहुने बताए ।
महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने बताए ।
उनले राजनीतिलाई दुस्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने बताए । दलहरुले आ–आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एकअर्काप्रति दुस्मनी साँध्ने गरी अभिव्यक्ति दिन भने नहुने महामन्त्री शर्माले बताए ।
Leave a Reply