Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने, चुनावी घोषणापत्र लेख्न श्रेष्ठको नेतृत्वमा कार्यदल

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको विशेष महाधिवेशन गर्ने भएको छ। महाधिवेशन भएको ८ महिनापछि पदाधिकारी टुंगाएको माओवादीले चुनावपछि बिशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्न १७ सदस्यीय समिति गठन गरेको छ।

स्थायी कमिटीको शनिबार बसेको बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल, लिलामणी पोखरेल, शक्ति बस्नेत, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोक्का, जाकिर हुसेन, कृष्ण चौधरी रहेका छन्। यस्तै, पर्शुराम तामाङ, भीमा ढुंगाना, जगत सिम्खडा सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077