Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसलाई पेल्ने मौका यहि भनेर सोचियो भने गठबन्धनको परिणाम राम्रो आउँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनमा आबद्ध दलले नै कांग्रेसलाई राष्ट्रघाति भनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कांग्रेसलाई गठबन्धनकै दलका नेताले दलाल, राष्ट्रघाती भन्ने गरेकाले कि गठबन्धन छाड्न कि न्युनतम समझदारी गर्न थापाले आग्रह गरेका हुन्।

गठबन्धनको सिट बाँडफाँट कार्यदल सदस्य समेत रहेका महामन्त्री थापाले कांग्रेसको संगठन र मतदाताको मनोविज्ञान अन्य सहयात्री दलले नबुझ्ने हो भने सोचेजस्तो परिणाम नआउने बताए ।

उनले २ हजार मत भएको दललाई २० हजार खन्याएर २२ हजार मत बनाउँन नसकिने बताए । आफूले निर्वाचन अगाडि तालमेल गर्नुहुँदैन भनेपनि अरुले तालमेल गर्ने भएकाले कांग्रेसले गर्नुपरेको बताए।

थापाले निर्वाचनमा जनतामाझ जाँदा विदेशी नीतिको विषयमा साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे।  थापाले नेपाली कांग्रेसको संगठनात्मक अवस्था, भर्खरको स्थानीय चुनाव र हाम्रा मतदाताको मनोविज्ञान गठबन्धन दलले बुझेनन् भने परिणाम राम्रो नहुने चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077