Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्षमा कर्मचारीबाटै कुटिए चिकित्सक

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्षमा कर्मचारीबाटै कुटिए चिकित्सक

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 1K
    SHARES

    सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका एक जना चिकित्सकमाथि कुटपिट भएको छ ।

    अस्पतालको आकस्मिक विभागमा कार्यरत डा.करण साहलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् ।



    प्रतिष्ठानकै कर्मचारी शाही छोराको टाका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेको र तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा.साहले बिहान ११ बजेका लागि बोलाएका थिए । सोही विषयमा उनीहरूबीच विवाद हुँदा शाहीले डाक्टरमाथि हातपात गरेको नेपाल चिकित्सक संघ जुम्लाले जनाएको छ ।



    डा.साहले आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित चिकित्सकले निवेदनसँगै सीसीटीभी फुटेज पनि प्रहरी प्रशासन कार्यालयमा पेस गरेका छन् । कर्मचारी शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार