Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अल शबाबद्वारा सोमालियाको होटलमा आक्रमण, ९ जना मारिए

    अल शबाबद्वारा सोमालियाको होटलमा आक्रमण, ९ जना मारिए

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 1.5K
    SHARES

    एजेन्सी। पूर्वी अफ्रिकी देश सोमालियाको चरमपन्थी समूह अल–शबाबले राजधानी मोगादिसुको एउटा होटल कब्जा गरेको छ ।

    प्रहरीका अनुसार आक्रमणकारीले होटलमा प्रवेश गर्नुअघि भवन बाहिर दुईवटा ठूला विस्फोट गराए र गोली चलाउन थाले ।



    अल-शबाबले आफ्नो बयानमा होटल कम्प्लेक्स आफ्नो कब्जामा लिएको दाबी गरेको छ। उनीहरुले ‘सबैलाई गोली हाने’ पनि भनेका छन् ।



    मोगादिसुको एक एम्बुलेन्स सेवाका एक अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई भने , ‘आक्रमणमा नौ जना घाइते भएका छन् जसलाई होटेलबाट बाहिर निकालिएको छ।धुवाँ निस्किरहेको छ र चर्को धमाकाको आवाज सुनिएको छ।’

    ‘द हयात’ नाम दिइएको यो होटल मोगादिसुको लोकप्रिय गन्तव्य हो, जहाँ संघीय सरकारी कर्मचारीहरू प्राय: भेट्छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार