Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

    कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

    अस्वस्थ भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई हिजो भेन्टिलेटरमा सारिएको हो ।



    उनको अवस्था गम्भीर रहेको र सुधारको आशासहित उपचार भइरहेको अस्पतालले जनाएको छ ।



    नेता गिरिको अवस्था गम्भीर बन्दै गएपछि कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरुले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रार्थना सभा पनि गरेका छन् ।

    नेता गिरिको घाँटीमा क्यान्सरसँगै निमोनिया पनि देखिएको छ । उनलाई साउन दोस्रो हप्ता मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार