Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप : १० जना घाइते, ९ पक्राउ

जनकपुरधाम । जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भएको छ । जनकपुरधामको जानकीचोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा झडप भएको हो ।

कृष्णाष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीहरूले लगाएको ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको र सोही क्रममा व्यापारी र नगर प्रहरीबिच झडप भएको जानकी चोकका स्थानीयले बताएका छन् ।

गत दुई साताअघि जानकी मन्दिर वरिपरिबाट हटाइएका फुटपाथ व्यापारीहरूले कृष्णाष्टमीको अवसरमा फूलमाला, चन्दन र प्रसादीसहित पूजा सामग्रीलगायतका केही पसल थापेपछि नगर प्रहरीले तिनीहरूको सामान फालेर हटाएपछि झडप भएको थियो ।

झडप पश्चात पीडित व्यापारीहरूले सडक जाम गरेर आन्दोलनमा उत्रेपछि जिल्ला प्रहरी कार्यालयबाट दर्जनौँको संख्यामा आएका प्रहरीले गरेको लाठी चार्जबाट १० फुटपाथ व्यापारीहरू घाइते भएका छन् भने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077