Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • डेढ क्विण्टल सुपारी र एक लाख मुल्य बराबरका अवैध कपडा बरामद

    डेढ क्विण्टल सुपारी र एक लाख मुल्य बराबरका अवैध कपडा बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 1.4K
    SHARES

    झापा । झापाका विभिन्न स्थानबाट प्रहरीले अवैध भन्सार छलिका सुपारी र कपडा बरामद गरेको छ । शुक्रबार मेचीनगर नगरपालिका, ६ पिङकिठ्याकमा नेपालबाट भारत तर्फ अवैध रुपमा लिदै गरेको सुपारी बरामद गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पिङकिठ्याकबाट भारत तर्फ लैजाँदै गरेको ८५ हजार मुल्य बराबरको एक सय ४० केजी सुपारी नियन्त्रणमा लिइएको हो ।



    यस्तै आजै सोही जिल्लाको भद्रपुर नगरपालिका, ६ भानुचोकमा भारतबाट अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



    उक्त कपडाको एक लाख मुल्य पर्ने प्रहरीले अनुमान गरेको छ । बरामद सुपारी र कपडा आवश्यक अनुसन्धानको लागि झापा प्रहरीले भन्सार कार्यालय बुझाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार