Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा थपिए ५९ जनामा कोरोना संक्रमित

कैलाली । सुदूरपश्चिममा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर र बैतडीमा १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।

यस्तै निर्देशनालयका अनुसार पीसीआरबाट गरिएको परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल सेती अस्पतालमा ८ जना र डडेल्धुरा अस्पतालमा दुईजना गरी १० जना विरामीको उपचार भइरहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077