Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य थप बिग्रिएपछि भेन्टिलेटरमा राखियो

    कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य थप बिग्रिएपछि भेन्टिलेटरमा राखियो

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्यमा थप समस्या देखिएको छ । गिरिको न्युमोनिया गम्भीर अवस्थामा पुगेपछि बिहीबार बिहानदेखि भेन्टिलेटर सपोर्टमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

    भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर फर्कंदै गर्दा सामान्य न्युमोनिया देखिएपछि गिरि मेडिसिटी अस्पताल भर्ना थिए । अस्पतालले सुरुमा स्वास्थ्य अवस्थामा सुधार आएको बताएको थियो । तर, अहिले उनको स्वास्थ्य निरन्तर बिग्रिएर जटिल अवस्थामा पुगेको छ ।



    घाँटीको क्यान्सर देखिएपछि गिरिको सुरुमा नयाँ दिल्लीमा उपचार भएको थियो । स्वरयन्त्रसँगै क्यान्सर देखिएपछि अप्रेसन गर्दा बोलिनै बन्द हुने भएकाले उनलाई किमो चलाएर उपचार गरिएको थियो ।



    नयाँ दिल्लीको उपचारपछि गिरिको मुम्बईस्थित हिन्दुजा अहस्पतालमा ‘रेडिएसन’ उपचार भयो । त्यसबाट स्वास्थ्य अवस्थामा सुधार भएपछि गिरि नेपाल फर्किएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार